मे ९ को दैनिक आत्मिक मनन
यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ, त्यसरी नै तिमीहरू उहाँमा हिँड़, र उहाँमा नै जरा हाल्दै र बनिँदै जाओ; अनि जसरी तिमीहरूले शिक्षा पाएका छौ, त्यसरी नै यसमा धन्यवादले प्रशस्त हुँदै विश्वासमा स्थिर हुँदै जाओ! कलस्सी 2:67
विश्वासमा स्थापित हुन न त आवश्यक छ न त उचित नै छ भनी सोच्ने झूटा सिद्धान्तहरुका शिक्षकहरूमाझ सामान्य भावना यो छ कि,...स्थापित हुनु भनेको कट्टरपन्थी हुनु हो। त्यसैले यदि कसैले कहिल्यै प्रमाणित नगरेका कुराहरूलाई सही तर्क वा बाइबलको प्रभुत्वद्वारा स्वीकार्न र दृढतापूर्वक धारण गर्न यो आफ्नो मस्तिष्कमा यति अनुचित ठान्दछ भने पनि कट्टरपन्थी नै हुनु सरह हो। तर कुनै अविवेकी कट्टरपन्थी भने होइन, जसले साधारण विश्वासमा, परमेश्वरको प्रभुत्वमा, परमेश्वरको वचनलाई स्वीकार गर्दछ। अनि यस्ता, र केवल यस्ता, मात्र सत्यतामा स्थापित हुँदछन्। बलियो र दृढ ख्रीष्टियन अनि कट्टरपन्थी बीचको भिन्नता यो हो कि एक सत्यतामा स्थापित हुन्छ भने अर्को झुटमा स्थापित हुन्छ। Z. ०३-१९९ R ३२१५:२

