मे २ को दैनिक आत्मिक मनन
ख्रीष्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछन्। 2 तिमोथी 3:12
हाम्रो पथ मृत्युमा नटुङ्गिएसम्म विरोधको अपेक्षा गरिनु पर्दछ, र निस्सन्देह, यो त्यतिन्जेलसम्म जारी रहनेछ। यो विरोधको सामु धैर्यतापूर्वक आफुलाई सुम्पनु भनेको वर्तमान जीवनको मित्रता र सुखविलासहरुको लागि आफ्नै प्राकृतिक प्राथमिकताहरू त्याग्नु, र सत्यताको खातिर असल सिपाहीहरुको रूपमा कठोरता सहनु हो, चाहे त्यो कठोरता प्रभुको ईच्छा पालन गर्ने र उहाँको राज्यको कारणहरुलाई अगाडी बढाउने प्रयास गर्दा जस्तोसुकै रुपमा आओस्। प्रभुको सेवामा साँच्चै होमिनुले पहिला, परमेश्वरको योजनाको होसियारीपूर्वक र निरन्तर अध्ययनलाई समेट्दछ; दोस्रो, यसको आत्मालाई आत्मसात गर्न; र तेस्रो, यसको पूर्णताका लागि उत्साही जोश, अनि जस्तोसुकै मूल्य चुकाउन वा बलिदान गर्न आवश्यक भए तापनि प्रभुको सेवाकाईमा आफ्नो क्षमताको हदसम्मको कृयाकलाप समेतलाई समेट्दछ। Z. ०३-१६४,१६५ R ३१९९:२

