मे २१ को दैनिक आत्मिक मनन
0:00 / …
सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ; जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको हुन्छ। 2 तिमोथी 3:16, 17
आत्माका सबै अनुग्रहहरू, हामीले पहिल्यै प्राप्त गरिसकेका ईश्वरीय कुराहरूको ज्ञानमा भएका सबै प्रगतिहरू, जेले हामीलाई परमेश्वर र पवित्रताको नजिक पुग्न मद्दत गरेको हुन सक्दछ। ती सबै पुरानो करारको वचनको खण्डहरु अनि हाम्रा प्रभु र उहाँका उत्प्रेरित प्रेरितहरूका वचनहरूमार्फत हामीकहाँ आएको छ भनी हामी सबैले सम्झनु असल हुनेछ: नता प्रतिज्ञा गरिएको मुक्तिका लागि हामीलाई तयार पार्ने साँचो बुद्धिका लागि हामी अन्य माध्यमहरूमा जान हुनेछ। Z. ९७-१७० R २१६६:२

