मे १४ को दैनिक आत्मिक मनन
0:00 / …
प्रेममा सत्य बोल्दै……..सबै कुराहरूमा उहाँसम्म, जो शिर हुनुहुन्छ अर्थात् ख्रीष्टसम्म बढ़ौं! एफिसी 4:15
अनुग्रहमा बढ्नु भनेको के हो त? यो प्रभुसँगको घनिष्ठ व्यक्तिगत परिचय र आत्माको सङ्गतिद्वारा उहाँको निगाहामा बढ्दै जानु हो।...यसरी अनुग्रहमा बढ्दै जानु र ज्ञानमा चाहिँ नबढ्नु असम्भव छ; किनकि यस्तो सहभागिताको मुख्य उद्देश्य चाहिँ हामीलाई प्रभुसँग ज्ञान र परिचिततामा वृद्धि गर्दै लानु हो—हामीलाई दिव्य योजनासँग सङ्गतिमा झन् नजिक ल्याउनु, र ती योजनालाई कार्यान्वयन गर्न "उहाँका सहकर्मीहरु" हुने सौभाग्य दिनु हो। यसकारण, यदि, हामी प्रभुलाई प्रेम गर्छौं, उहाँको आज्ञाहरु पालन गर्छौं र उहाँको अनुग्रहमा बढ्न चाहन्छौं भने, उहाँको लिखित वचन चाहिँ हाम्रो दैनिक ध्यान र अध्ययन हुँदछ; अनि यसरी हामी ज्ञानमा बढ्दछौं। Z. ०३-२०० R ३२१५:३

