हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ तपाईको नाउ पवित्र गरियोस्। तपाईको नियमले मेरो हृदयभित्र झन्-झन् वास गरोस् अनि तपाईको इच्छा मेरो नश्वर शरीरमा पुरा होओस्।हाम्रा प्रभु येशु ख्रीष्टमार्फत हरेक खाँचोको समयमा सहायता प्राप्त गर्न तपाईले प्रतिज्ञा गर्नुभएको अनुग्रहमा भर पर्दे म यो भाकल गर्दछु।
स्वर्गीय सिंहासन अघि म हरेक दिन फसलको कामको समग्र मामिलाहरु र विशेषगरी त्यो काममा र संसारका प्रिय सहकर्मीहरुसँग आँफै हिस्सेदार बन्न पाएको सौभाग्यलाई सम्झनेछु।
यदि सम्भव छ भने म अझ होशियारीपूर्वक विचारहरु, बोलिवचनहरु र कामहरुको जाँच गर्ने प्रतिज्ञा गर्दछु ताकि म तपाईको र तपाईको प्रिय बगालको सेवा गर्न अझ सक्षम हुन सकुँ।म तपाईसँग प्रतिज्ञा गर्दछु कि म प्रेतवाद र तन्त्रमन्त्रवाद अनि यीहरुसँग मिल्दोजुल्दो सबै कुराहरुको प्रतिरोध गर्न सतर्क रहनेछु र यी सबैमा दुईजना मालिकहरु छन् भन्ने कुरा सम्झदै विरोधीमार्फत हो भनी म यी पासोहरुलाई सबै उचित तरिकाले प्रतिरोध गर्नेछु।
म थप यो प्रतिज्ञा गर्दछु कि निम्न बमोजिमका अपवादहरुबाहेक म सँधै र सबै ठाँउहरुमा विपरीत लिङ्गिहरुसँग निजी रुपमा त्यस्तै व्यवहार गर्नेछु जस्तो म प्रभुका जनहरुको समुदायको उपस्थितिमा सार्वजनिक रुपमा गर्दछु।र जहाँसम्म सम्भव छ म एउटै कोठामा कुनै पनि विपरित लिङ्गिसँग एक्लै बस्नबाट जोगिनेछु जबसम्म कोठाको ढोका खुला रहँदैन।
माथि उल्लेखित अपवादहरुमा चाँहि भाईहरुको हकमा-पत्नी, बालवच्चाहरु, आमा र जन्मजातैका दिदीबहिनीहरु: अनि दिदीबहिनीहरुको हकमा पति, बालबच्चाहरु, बुवा र जन्मजातैका दाजुभाईहरु पर्दछन्।