जुन १६ को दैनिक आत्मिक मनन
कुनै पनि ताड़ना अहिलेलाई आनन्दमय होइन, तर दुःखदायी नै देखा पर्छ; तरै पनि यस तालिमद्वारा अभ्यस्त भइसकेकाहरूका निम्ति यसले पछिबाट धार्मिकताको शान्तिमय फल दिनेछ। हिब्रू 12:11
यस्तो अनुशासन अन्तर्गत नै प्राण प्रेममय समर्पणमा नम्र हुन्छ जसले तब शान्तिपूर्वक भन्दछ कि, मलाई शक्ति दिनुहुने ख्रीष्टद्वारा म सबै कुराहरू गर्न, सबै कुराहरु सहन सक्दछु। जसै पुरानो स्वभावको धातुमय मैलाहरु बिस्तारै नष्ट हुन्छ, र सुन झन्-झन् प्रकट हुँदै जान्छ, यी बहुमूल्य प्राणहरू आफ्ना प्रेमिलो प्रभुको निम्ति झन् झन् प्रिय हुन्छन्। उनीहरू उहाँको निम्ति यति प्रिय छन् कि हरेक दुःखमा उहाँको अनुग्रहले सम्हाल्न र उहाँको उपस्थितिद्वारा सान्त्वना दिन उहाँ नजिक हुनुहुन्छ; अनि दु:खको गाढ़ा छाँयाहरू सम्झनाको सबैभन्दा पवित्र विश्रामस्थलहरू बन्दछन्, जहाँ बिहानको तारा सबैभन्दा चर्को गरी चम्कन्छ। Z. ९६-४४ R १९४४:४

