जुन ९ को दैनिक आत्मिक मनन
संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ; तर साहस गर! मैले संसारलाई जितेको छु। यूहन्ना 16:33
प्रभुको विश्वासयोग्यताको लागि सांसारिक समृद्धिको कुनै इनाम थिएन, तर यसको विपरीत—अभाव र सतावट मृत्युसम्मै महसुस गरिएको थियो।...उहाँ "शोकहरूको मानिस, र दु:खसँग सुपरिचित" व्यक्ति हुनुहुन्थ्यो; परमेश्वरको निन्दा गर्नेहरूको निन्दा उहाँमाथि परेको थियो; उहाँ धनवान भए तापनि, हाम्रो निम्ति उहाँ गरिब हुनुभयो; यति गरिब हुनुभयो कि उहाँ आफैंले भन्नुभयो, "स्यालहरूका ओड़ार छन् र आकाशका चराहरूका गुँड़ छन्, तर मानिसका पुत्रको शिर राख्ने ठाउँधरि छैन।"...अनि दास आफ्नो प्रभुभन्दा श्रेष्ठ छैन: यदि तिनीहरूले उहाँलाई सताएका छन् भने तिनीहरूले हामीलाई पनि सताउनेछन्; अनि उहाँको निन्दा गर्नेहरूको निन्दा हामीमाथि पनि आइपर्नेछ। ख्रीष्टको पदचिन्ह पछ्याउनेहरूले देख्न सक्ने एक मात्र ईनाम भनेको प्रभुको प्रेम र स्वीकृतिको हार्दिक अभिव्यक्ति हो। Z. ९५-२०७ R ४०७२:४

