जुन २१ को दैनिक आत्मिक मनन
मबाट सिक; किनकि म नम्र र हृदयमा दीन छु। मत्ती 11:29
साँच्चै नै, नम्र र शान्त आत्मामा विश्रामको रहस्य छ। नम्र हुनु भनेको धीरजको अनुग्रहहरु विकास गर्नु हो; परमेश्वरको ईच्छाप्रति प्रेममय समर्पण; उहाँको प्रेम र हेरचाहमा अनि उहाँको मार्गदर्शन दिने सल्लाह र शासकीय प्रावधानहरुको बुद्धिमा निरन्तर विश्वास राख्नु हो; अनि दुष्ट र असल विवरण अथवा अनुकूल वा प्रतिकूल परिस्थितिहरूमा निरन्तर यो मार्गलाई पछ्याउनु हो। परमेश्वरको प्रावधानहरू स्वीकार गर्दै, उहाँको आज्ञाहरू पालन गर्दै र उहाँले अगुवाइ गर्नु भएको जस्तै अगुवाइ गर्दै, उहाँको जुवा बोक्नेहरू, र उहाँबाट सिक्नेहरुलाई उहाँले मात्र प्रदान गर्न सक्नुहुने र ईच्छा गर्ने शक्तिले सुसज्जित गर्न परमेश्वरका प्रिय सन्तानहरूले ख्रीष्टको नम्र र शान्त आत्माको अनुकरण गर्न बढ्दो रुपमा खोजुन्। Z. ९६-६७ R १९५६:४

