अक्टोबर १ को दैनिक आत्मिक मनन
आफ्नो जिब्रोले पाप नगरूँ भनेर म आफ्ना चालचलनहरूमा होशियार हुनेछु; दुष्ट मेरो सामु हुँदा म आफ्नो मुखमा लगाम लगाउनेछु। भजनसंग्रह 39:1
सम्भवतः हरेक अनुभवी व्यक्ति यो भनाईसँग पूर्ण रुपमा सहमत हुनेछ कि जिब्रोको प्रभाव चाहे त्यो असल होस् वा खराब, शरीरको कुनै पनि अन्य अङ्गको तुलनामा बढी शक्तिशाली हुन्छ। अनुभवले यो पनि सिकाउँदछ कि अधिकांश मानिसहरुको लागि जिब्रो बाहेक अन्य कुनै पनि अङ्गलाई नियन्त्रण गर्न सजिलो हुन्छ। त्यसैले यो एक निपुण सेवक हो जेले पतित प्रकृतिको हरेक महत्वाकांक्षा, जोश र झुकावले यसलाई दुष्टको लागि सेवक वा माध्यमको रूपमा प्रयोग गर्न खोज्दछ। यसकारण, ख्रीष्टियानको तर्फबाट, आफ्नो शरीरको यो अङ्गलाई नियन्त्रण गर्न र यसलाई ख्रीष्टमा नयाँ मस्तिष्कको अधीनमा ल्याउनको लागि बढ्दो सतर्कता, बुद्धि र हेरचाहको आवश्यकता छ, ताकि यो आफ्नो लागि वा अरूको लागि बाधा नहोस्, तर यसको विपरीत, साँघुरो बाटोमा मद्दत होस्। Z. ९७-१५६ R २१५६:३

