अक्टोबर ६ को दैनिक आत्मिक मनन
तिमीहरू कस्तो किसिमको आत्माका हौ, सो जान्दैनौ। किनभने मानिसका पुत्र मानिसहरूका प्राणहरूलाई नष्ट गर्न होइन, तर बचाउन आएका हुन्। लूका 9:55, 56
त्यसैले प्रभुका सबै चेलाहरूसँग: तिनीहरूको निरन्तर अध्ययन अरूलाई दोषी ठहराउने र नष्ट गर्ने अति आलोचनात्मक स्वभावबाट बच्नको लागि हुनुपर्दछ जबकि तिनीहरु आफ्ना लागि अरुबाट करुणा चाहन्छन्। प्रभुले स्थापित गर्नुभएको नियम यो हो कि हामीले उहाँबाट त्यही अनुपातमा करुणाको अपेक्षा गर्नुपर्दछ जति हामीले अरूहरुप्रति यो अनुग्रहको अभ्यास गर्नेछौं।....सबैलाई दोष लगाउन र निन्दा गर्न तयार हुने दोष-खोज्ने स्वभावले हृदयको गलत अवस्थालाई सङ्केत गर्दछ—जसबाट प्रभुका सबै जनहरू होसियार रहनुपर्दछ।....करुणा, भलाई, प्रेम, चरित्रका ती तत्त्वहरू हुन् जुन उहाँले आत्मिक इस्राएलीहरूमा हेर्न चाहनुहुन्छ, र जे बिना हामी लामो समयसम्म उहाँका सन्तान हुन सक्दैनौं। Z. ०४-४३ R ३३१६:४,६

