अक्टोबर ३१ को दैनिक आत्मिक मनन
तपाईंको करुणा (निगाह) जीवनभन्दा उत्तम हो; मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछन्। भजनसंग्रह 63:3
जसले प्रभुको अनुग्रहको स्वाद चाखेका छन्, जसले उहाँको अनुग्रहलाई जीवनभन्दा उत्तम ठानेका छन्, र जसले उहाँको वेदीमा हरेक सांसारिक असल कुरा, आशा र महत्त्वाकांक्षालाई आनन्दित भई राखेका छन्, अरूहरुलाई सु-समाचार सुनाउन आनन्दित हुन्छन्; तिनीहरू उनीहरूलाई अन्धकारबाट उहाँको अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसा सुनाउन पाउँदा आनन्दित हुन्छन्। यो सन्देश (समाचार) प्रस्तुत गर्नाका लागि यति असल छ कि; तिनीहरूलाई यो कुरा बताउनका लागि भाडामा बोलाउन आवश्यक छैन, तर तिनीहरू यसको बारेमा बताउन ईच्छुक छन्, र यस समाचार बताउने सन्दर्भसँग जोडिएको परमेश्वरको अनुग्रहको आनन्दको लागि तिनीहरूले केही मुल्य चुकाउनु पर्नेछ— तिनीहरूलाई कष्टको, धनको, सांसारिक मित्रता गुमाउने कुराको, केही पारिवारिक सम्बन्धहरूमा तनाव आउनु वा तोड्नु पर्ने कुराको, तिनीहरूलाई संसार र इसाई जगतको कटाच्छे आदि जस्ता मुल्य चुकाउनु पर्नेछ। Z. ०१-२४६ R २८५२:४

