अक्टोबर ७ को दैनिक आत्मिक मनन
जसले मेरा यी वचनहरू सुन्दछ, तर तिनलाई पालन गर्दैन, त्योचाहिँ एउटा मूर्ख मानिससित तुलना गरिनेछ, जसले आफ्नो घर बालुवामाथि बनायो। मत्ती 7:26
प्रभुका प्रतिज्ञाहरूमा निर्मित र कामहरू बिनाको आशाहरू, बालुवामाथि बनाइएका आशाहरू हुन्। यो केवल समयको प्रष्ट हो जबसम्म ठूलो परीक्षाको समय आउँदैन र यस्ता आशाहरू बेकारभन्दा पनि खराब देखाईनेछन्। तीहरूले आफ्नो धारकलाई धोका दिएको देखाईनेछ, जसले राज्यमा हिस्सेदार हुने उहाँको आश्वासनहरुमा आफैलाई सुरक्षित ठाने।....यसको विपरीत, आज्ञाकारिताका साथ निर्माण गर्नेहरूमा, तिनीहरूको हृदयहरु र जिब्रोहरुले प्रभुलाई स्वीकार्ने र प्रशंसा गर्ने, तिनीहरूका कामहरूले तिनीहरूको विश्वासलाई पुष्टि गर्ने, र तिनीहरूको फलहरूले तिनीहरूको प्रभुसँगको महत्त्वपूर्ण सम्बन्धको गवाही दिनेहरू—जीवनका सबै आँधीबेहरीहरूबाट पार हुनेछन् अनि कहिल्यै विचलित हुनेछैनन्, कहिल्यै डग्मगाउने छैनन्, किनकि तिनीहरू जगमा बसालिएका छन्। Z. ०४-४६ R ३३१८:५

