अक्टोबर ८ को दैनिक आत्मिक मनन
धोकामा नपर।...जसले आफ्नै शरीरका निम्ति छर्छ, त्यसले शरीरबाट विनाशको कटनी गर्नेछ; तर जसले आत्माका निम्ति छर्छ, उसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ। गलाती 6:78
हामी शरीरको शारीरिक, स्वार्थी, अन्यायपूर्ण, अधर्ममय ईच्छाहरूलाई हाम्रो हृदयहरु र जीवनहरुमा हावी हुन दिँदा हरेक पटक शरीरको लागि छर्छौं, र प्रत्येक छराईले थप रुपमा बीउ छर्न सजिलो बनाउँदछ र त्यो मार्गको अन्त जुन मृत्यु—दोस्रो मृत्यु हो, त्यसलाई अझ निश्चित बनाउँदछ। यसको विपरीत, आत्माको लागि प्रत्येक छराई, स्वार्थप्रति शरीरका ईच्छाहरूको प्रत्येक प्रतिरोध आदि, र आत्मिक दिशाहरूमा शुद्ध कुराहरू, महान् कुराहरू, असल कुराहरू, सत्य कुराहरूतर्फ, नयाँ मस्तिष्कको, नयाँ ईच्छाको प्रत्येक अभ्यास, आत्माको लागि छराई हो, जेले आत्माको थप फलहरू, आत्माको अनुग्रहहरू ल्याउनेछ, र जुन, यदि निरन्तर रह्यो भने, अन्ततः हामीलाई प्रभुको अनुग्रही प्रतिज्ञाहरू र प्रबन्धहरू—अनन्त जीवन र राज्यको अनुरूपमा ल्याउनेछ। Z. ०४-५७ R ३३२३:५

