मार्च २ को दैनिक आत्मिक मनन
जे-जे कुरा सत्य छन्, जे-जे कुरा आदरयोग्य छन्,…यी कुराहरूमा ध्यान देओ! फिलिप्पी 4:8
झूट वा बढाइचढाइ गर्नेसँग सहानुभूति राख्ने जो कोहीले पनि आफूलाई धेर-थोर अशुद्ध बनाइरहेको हुन्छ। जसले आफ्ना विचारहरू शुद्ध पार्दछ र अतिशयोक्ति (बढाइचढाइ) आदिबाट टाढा रहन्छ, त्यसले क्रमश: आफ्नो मस्तिष्क र आफ्नो सम्पूर्ण चरित्रलाई शुद्ध पारिरहेको हुन्छ। हामी कुनै पनि मामिलाहरुको सत्यतामाथि विश्वस्त छौं भन्ने कुरा मात्र पर्याप्त छैन। हामीले तीहरूलाई थप परीक्षण गर्नुपर्दछ, र तीहरू कति हदसम्म आदरणीय, महान् छन् भनेर छुट्याउनुपर्दछ; किनकि, यद्यपि प्रभुले हाम्रा चरित्रहरूको तुच्छ विशेषताहरूलाई ढाक्नुभएको छ, र ती चरित्रहरूलाई आफ्नै योग्यताले अन्तसम्म ढाक्ने प्रस्ताव गर्नुभएको छ, तैपनि हामी हाम्रो पतित अवस्थाप्रति सहानुभूति राख्न सक्दैनौं, तर यसको विपरित हामीले हाम्रो हृदयहरुमा, हाम्रो विचारहरूमा, हाम्रो परमेश्वर र हाम्रो साथीसंगीहरूसँगको सबै व्यवहारहरुमा साँचो कुलीनता र सम्मानको उच्च स्तरको चाहना गर्नुपर्दछ। Z. ०३-९ R ३१२९:२

