मार्च १ को दैनिक आत्मिक मनन
सारा समझलाई माथ गर्ने परमेश्वरको शान्तिले तिमीहरूका हृदयहरू र तिमीहरूका विचारहरू ख्रीष्ट येशूमा रक्षा गर्नेछ। फिलिप्पी 4:7
यहाँ उल्लेख गरिएको शान्ति हाम्रो आफ्नै होइन। यो परमेश्वरको शान्ति हो-त्यो शान्ति जुन परमेश्वरको शक्ति र भलाइ अनि उहाँका सन्तानको रूपमा हामीलाई उहाँको दाहिने बाहुलीले समात्न उहाँ इच्छुक हुनुहुन्छ भन्ने कुराको बोधबाट आउँदछ। यस पदले व्यक्त गर्न खोजेको विचार यो हो कि यस शान्तिले प्रत्येक अमैत्रीपूर्ण वा चिन्ताजनक सोच वा डरलाई चुनौती दिनको लागि एक पहरेदारको रूपमा निरन्तर खडा रहँदछ। यसले ख्रीष्टियानको मस्तिष्कलाई सुरक्षित राख्दछ ताकि उसको हृदयमा प्रभु सित शान्ति, संगति, सहभागिता होओस्-र यसले उसलाई ईश्वरीय शक्ति, बुद्धि र प्रेमको सम्बन्धमा आश्वासन र निर्देशन दिँदै, उसको विचार र तर्क गर्ने क्षमताहरूको पनि रक्षा गर्दछ। Z. ०३-८ R ३१२८:६

