फेब्रुअरी २९ को दैनिक आत्मिक मनन
0:00 / …
परमेश्वर प्रेम हुनुहुन्छ; अनि जो प्रेममा रहिरहन्छ, ऊ परमेश्वरमा रहिरहन्छ, र परमेश्वर उसमा रहिरहनुहुन्छ। 1 यूहन्ना 4:16
न्यायले नापलाई पूर्ण रुपमा भर्दछ, तर प्रेमले यसलाई हल्ल्याउँदछ, तल दबाउँदछ, थुप्रो लगाउँदछ र न्यायलाई भराएर पोखिदिन्छ। त्यसकारण यो माग गर्नुपर्ने कुरा होइन, नता यसको कमीको गुनासो नै गर्नुपर्ने कुरा हो, तर अनुग्रहको रूपमा कृतज्ञतापूर्वक प्रशंसा गर्नुपर्ने र उदारतापूर्वक फिर्ता गर्नुपर्ने कुरा हो। यसलाई चाहने प्रत्येक व्यक्तिले यसको उच्चतम अर्थमा-प्रशंसा र श्रद्धाको भावनामा यसलाई चाहनुपर्दछ। तर यस प्रकारको प्रेम सबैभन्दा महँगो हुन्छ, र यसलाई सुरक्षित गर्ने एक मात्र तरिका भनेको चरित्रको भद्रता प्रकट गर्नु हो जेले अरूहरु जो साँच्चै भद्र छन् उनीहरुबाट पनि माग गर्दछन्। Z. ०२-२६६ R ३०७१:१

