फेब्रुअरी ६ को दैनिक आत्मिक मनन
पदोन्नति न पूर्वबाट, न पश्चिमबाट, न दक्षिणबाट नै आउँछ। तर परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ; उहाँले एकजनालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ। भजनसंग्रह 75:67
हामीसँग हाम्रो उपादेयताका लागि इच्छाहरु र आकाङ्क्षाहरु हुन सक्दछन् जुन कहिल्यै पूरा नहुन सक्दछ। हामीले खोजेको महिमा र उच्चतालाई थेग्न नसक्ने कुरा प्रभुले देख्न सक्नुहुन्छ। हाम्रो हितका लागि के उपयुक्त छ भनेर हामीभन्दा उहाँलाई धेरै राम्रोसँग थाहा छ, र त्यसैले उहाँले हामीलाई उहाँको प्रबन्धमा सन्तुष्ट रही आराम गर्न लगाउनुहुन्छ, अल्छे होइन, तर लगनशील; लापरवाह होइन, तर सतर्क; उदासीन होइन, तर परमेश्वरको इच्छालाई पूरा गर्ने उत्कट इच्छाले भरिएको हुनुपर्दछ; तैपनि रोकावटमा धैर्यवान रहनु, अनि बेवास्ता गरिएको र बिर्सिइएको अवस्थामा सन्तुष्ट रहनुपर्दछ, यो सम्झदै कि "केवल खडा रहने र पर्खनेहरूले पनि सेवा गर्दछन्", र यो पनि कि प्रभुले उहाँकै आफ्नै चुनिएको घडीमा हामीलाई उहाँको अनुग्रहको उद्देश्यहरू पूरा गर्न डोर्याउन सक्नुहुन्छ। Z. ९५-११ R १७५६:५

