फेब्रुअरी २२ को दैनिक आत्मिक मनन
तिमीहरूको चालचलन पैसाको लोभरहित भएको होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तुष्ट होओ। हिब्रू 13:5
स्वार्थी प्रार्थनाहरु धेरै महँगो हुन्छन्। कतिले धन प्राप्त गरेका छन् अनि सत्य र यसको सेवालाई गुमाएका छन्; कतिले स्वास्थ्य प्राप्त गरेका छन्, केवल यो पत्ता लगाउन कि तिनीहरूले त्यसरी प्राप्त गर्ने स्वास्थ्य सँगसँगै झन् कम गम्भीर नहुने अरु परीक्षाहरू पनि प्राप्त गर्नेछन्: कतिपयले पछि गएर परमेश्वरले उनीहरूको प्रार्थनाहरुको जवाफ नदिनुभएको भए हुन्थ्यो भन्ने इच्छा गर्नका लागि मात्र आफ्ना प्रियजनहरूलाई मृत्युको मुखहरुबाट पुनर्स्थापित भएको पाएका छन्- अथवा, अझ बढ़ी सही तरिकमा, उनीहरूले प्रभुको बुद्धि र प्रावधानहरूलाई विश्वासपूर्वक, सन्तुष्टिपूर्वक, गनगन नगरी स्वीकार गरेको भए हुन्थ्यो भनी इच्छा गर्नलाई….आत्मिक इस्राएलले आफ्नो पहुँचभित्रका सबै कुराहरूलाई, धन्यवादका साथ परमेश्वरको वरदानहरुका रूपमा स्वीकार गर्दै बुद्धिमत्तापूर्वक प्रयोग गर्नुपर्दछ; तर तिनीहरूको बिन्तीहरू आत्मिक वरदानहरूका लागि हुनुपर्दछ- धीरजी सहनशीलता र हृदयको सन्तुष्टको लागि पनि। Z. ०२-२५० R ३०६१:३

