फेब्रुअरी ४ को दैनिक आत्मिक मनन
हे मेरा जनहरू हो, त्यसबाट निस्केर आओ, र तिमीहरूले त्यसका पापहरूमा सहभागी हुनु नपरोस्, र त्यसका महामारीहरूबाट तिमीहरूले पाउनु नपरोस्। प्रकाश 18:4
जो कोही "मेरा जनहरू" भन्ने नाम पदको योग्य हुन्छन्, यिनीहरूले प्रभुको आवाज सुन्नेछन् र पालन गर्नेछन् र बेबिलोनबाट बाहिर आउनेछन् र "त्यसका महामारीहरूबाट यिनीहरूले पाउनु पर्नेछैन"; किनभने बेबिलोनको वास्तविक अवस्था देख्ने बित्तिकै यसबाट बाहिर भाग्ने यिनीहरूको आज्ञाकारिताले यिनीहरू कहिल्यै पनि बेबिलोनका पापहरूसित साँच्चै सहमत थिएनन् भन्ने प्रमाणित गर्नेछ। जसले बेबिलोन र त्यसको निन्दाजनक सिद्धान्तहरूलाई अहिले प्रकट भएको प्रकाशमा देखेपछि पनि त्यहीं रहन्छन्, तब तिनीहरूले निन्दाहरूलाई समर्थन गरेको ठानिन्छ र बेबिलोनमै रहिरहेका "सामा" वर्गहरुको जत्तिकै वा त्यो भन्दा पनि बढी "महामारीहरू" को लागि पूर्ण रुपमा योग्य मानिन्छन्, किनभने तिनीहरूसँग तुलनात्मक रुपमा बढी प्रकाश छ। Z. ००-३ R २५५३:३

