फेब्रुअरी १८ को दैनिक आत्मिक मनन
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भन्ने कुरा जान्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जाँच्नुहुन्छ। व्यवस्था 13:3
राज्य चाहिँ परमेश्वरको अनुग्रहद्वारा हृदयमा नै प्रभु येशूजस्तै हुनेहरुको लागि मात्र हो, जसले प्रभुलाई उनीहरुको सारा हृदयहरुले,सारा प्राणहरुले प्रेम गर्नेछन्, अनि, "हे प्रभु मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्" भन्न सक्षम हुनेछन्। प्रभुप्रति पूर्ण समर्पणताको यो अवस्था बाहेक अरू कुनै अवस्थाले हामीलाई राज्यको लागि स्वीकार्य बनाउन सक्दैन; किनकि अरु कुनै पनि अवस्थाले पूर्ण आत्म-समर्पणता र परमेश्वरप्रतिको पूर्ण प्रेमलाई प्रतिनिधित्व गर्दैन। र हामी यो नबिर्सौं कि सबै स्वर्गीय चीजहरू जुन "आँखाले नदेखेका, कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू," परमेश्वरले उहाँलाई सबैभन्दा बढी प्रेम गर्नेहरूका लागि सुरक्षित राख्नुभएको छ। Z. ९८-४० R २२५८:२

