फेब्रुअरी ८ को दैनिक आत्मिक मनन
हे अल्प-विश्वासी, तिमीले किन शङ्का गर्यौ? मत्ती 14:31
यो विश्वासको कमीमाथि विजय पाउन, र विश्वास बढाउन के गर्नुपर्दछ त? हामी जवाफ दिन्छौं कि, प्राचीन प्रेरितहरूले जस्तै, "प्रभु, हाम्रो विश्वास बढ़ाइदिनुहोस्" भनी हामीले प्रार्थना गर्नुपर्दछ। अनि त्यसपछि, यस प्रार्थनाको सम्मेलमा कार्य गर्दै, प्रत्येकले आफ्नो हृदयमा विश्वासलाई यसरी विकसित गर्नुपर्दछ: (क) उसको स्मृतिलाई पिताको वचनमा रहेको दिव्य प्रतिज्ञाहरूले निरन्तर ताजा बनाएर, (ख) प्रभुसँग आफ्नो करार बाँधिसकेपछि, उसले अझ बढी यो सम्झन खोज्नुपर्दछ कि, यी प्रतिज्ञाहरू उसको आफ्नै हुन्, र आफ्नो हृदयमा र आफ्नो ओठहरुले उसले धन्यवादका साथ प्रार्थनामा प्रभुको सामुन्ने ती प्रतिज्ञाहरु आफ्नै हो जसरी दाबी गर्नुपर्दछ। उसले ती प्रतिज्ञाहरूलाई आफ्नै विचारहरूमा, र दाजुभाइहरूमाझ हुने पवित्र थोकहरूको भेलाहरूमा दाबी गर्नुपर्दछ। Z. ००-१७० R २६४२:६

