मार्च २१ को दैनिक आत्मिक मनन
आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्नेहरू र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। मत्ती 5:44
यहाँ त्यस्ता व्यक्तिहरूप्रति आफ्नो हृदयको वास्तविक स्वभाव जाँच्ने एउटा तरिका छ। के तपाई तिनीहरूलाई खुसीसाथ दया गर्नुहुनेछ र तिनीहरूको मार्गको गल्तीलाई देखेर त्यसलाई पार गर्न आफ्नो क्षमताले भ्याएसम्म तिनीहरूलाई मद्दत गर्नुहुनेछ त? के तपाई तिनीहरूका लागि कोमलतापूर्वक प्रार्थना गर्न सक्नुहुन्छ र तिनीहरूको कमजोरी, अज्ञानता र विकासको कमीलाई धैर्यपूर्वक सहन सक्नुहुन्छ, र उनीहरूलाई अझ उत्कृष्ट मार्ग देखाउनको लागि एक महान् उदाहरणद्वारा प्रयास गर्न सक्नुहुन्छ? यदि त्यस्तो हो भने, यो पाप हो जेलाई तपाईले तुच्छ ठान्नुहुन्छ, तर पापीलाई चाहिँ भने होइन। तपाईले पापलाई घृणा गर्नुपर्दछ, तर पापीकाई कहिल्यै पनि गर्नुहुँदैन। जबसम्म परमेश्वरको त्रुटि बिनाको न्यायले पाप र पापीलाई अविभाज्य रूपमा एकसाथ जोडिएका छन् भनेर घोषणा गर्दैन, तबसम्म प्रेमले भाईलाई आफ्नो पकडमा पकडीरहोस्। Z. ९१-१४१ R १३३०:६

