जनवरी २ को दैनिक आत्मिक मनन
0:00 / …
तिमीहरू आफैका होइनौ; किनकि तिमीहरू दाम तिरेर किनिएका हौ। यसकारण आफ्नो शरीर र आफ्नो आत्मामा परमेश्वरको महिमा गर, जुनचाहिँ परमेश्वरका हुन्। 1 कोरिन्थी 6:19, 20
नयाँ वर्षको शुरुवातमा, यो भन्दा हाम्रो लागि महत्त्वपूर्ण पाठ के हुन सक्दछ, कि हामी आफैका होइनौं, तर अरुका हौं; त्यसकारण हामी आफैलाई खुसी पार्न खोज्दैनौं, तर उहाँलाई खुसी पार्न खोज्दछौं; न त आफ्नो सेवा गर्न खोज्दछौं, तर उहाँको सेवा गर्न; न त आफ्नै-इच्छालाई पालन गर्न खोज्दछौं, तर यसको विपरित उहाँको इच्छा पालन गर्न खोज्दछौं? यसको अर्थ वचनको सबैभन्दा निश्चित र विस्तृत अर्थमा पवित्रता (केवल पापबाट धार्मिकतामा अलग्गिनु मात्र होइन, तर आफ्नै इच्छाबाट अलग्गिएर ख्रीष्टमा परमेश्वरको इच्छामा समर्पित हुनु) हो। Z. ९७-३५ R २०९९:४

