जनवरी २९ को दैनिक आत्मिक मनन
परमप्रभुको भय [श्रद्धा] मान्नु नै बुद्धिको शुरु हो। भजनसंग्रह 111:10
हाम्रो अस्तित्वको हकवाला आनि सृष्टिकर्ता, संरक्षक र सम्पूर्ण ब्रह्माण्डको प्रभुप्रति, उहाँको सृष्टिको यही एक मात्र उचित मनोवृत्ति हो। त्यसकारण, जब उहाँ बोल्नुहुन्छ, हाम्रा कानहरूले उहाँको आवाजप्रति आदरपूर्वक ध्यान दिनुपर्दछ, र सारा बलले उहाँको बोली-वचन पूरा गर्न सचेत हुनुपर्दछ। हाम्रो सुरक्षा, हाम्रो खुशी, र चरित्रको त्यो आचरण जेले प्रेम र कृतज्ञतालाई उत्प्रेरित गर्दछ, र जसले तुरुन्त र बुद्धिमानीपूर्वक निर्देशनलाई ध्यान दिन्छ अनि ज्ञान र बुद्धिमा अगाडी बढाउँदछ, सबै मुख्य तया प्रभुको लागि भएको हाम्रो सर्वोच्च भयमा निर्भर हुदँछ। त्यसकारण परमप्रभुले हामीमा उहाँको नाउँको कारणले भएको सन्ततिको वात्सल्यमय भयलाई हुर्काउनु र विकास गर्नुहुनेछ। Z. ९६-१५५ R २००२:३

