जनवरी २२ को दैनिक आत्मिक मनन
हे सबै परमप्रभुमाथि आशा राख्नेहरू हो, साहसिला होओ; र उहाँले तिमीहरूको हृदय बलियो पार्नुहुनेछ। भजनसंग्रह 31:24
यस्तो देखिन्छ कि कहिलेकाहीं विरोधीले हामीलाई बलिदानको "साँघुरो बाटो" को परीक्षाहरु र कठिनाइहरू कुनै पनि हिसाबले निरर्थक हुनेछ र हामी पनि हार खान सक्छौं भनेर सोच्न बाध्य पार्दै हामीलाई निरुत्साहित गर्ने प्रयास गर्दछ.....अनि यस्तो समयमा हामीले कुन मार्ग पछ्याउनुपर्दछ त? हामीले हाम्रा प्रभुको उदाहरणलाई पछ्याउनुपर्छ, र पिताको मुहार खोज्नुपर्दछ, हाम्रो मामिलाहरू उहाँसित ठीक छ कि छैन भनेर जान्न चिन्तित हुनुपर्दछ; संसारले हामीलाई घृणा गर्न सक्ला, र हाम्रो विरुद्धमा सबै प्रकारका खराब कुराहरको झुट बोल्न सके तापनि, हामीसँग अझै पनि उहाँको अनुमोदन छ भनी केही आश्वासनहरूका लागि चिन्तित हुनुपर्दछ; अनि यी सबै हाम्रै भलाईका निम्ति हुनेछ, कि परमप्रभुले हामीलाई अनन्त जीवनको लागि उत्तम पुनरुत्थानमा भागेदार बनाउनु हुनेछ भन्ने केही ताजा आश्वासनका लागि चिन्तित हुनुपर्दछ। Z. ०१-७९ R २७७४:६

