जनवरी २८ को दैनिक आत्मिक मनन
जसले जय पाउँछ, उसैलाई सेतो वस्त्र पहिराइनेछ; अनि म उसको नाम कुनै रीतिले जीवनको पुस्तकबाट काट्नेछैनँ, तर म उसको नाम मेरा पिताको सामु र उहाँका दूतहरूको सामु स्वीकार गर्नेछु। प्रकाश 3:5
विश्वासयोग्य विजयीहरुले आफ्ना वस्त्रहरू संसारबाट निष्कलङ्क राख्न र भएको हेर्न खोज्दछन्..."उनीहरूले आफ्ना वस्त्रहरू अशुद्ध पारेका छैनन्", उनीहरूले "आफ्ना वस्त्रहरू संसारबाट निष्कलङ्क राखेका छन्।" तिनीहरूले दूषित गर्न र प्रभुबाट अलग गर्न पापलाई अनुमति दिन चाहेका छैनन्, तर तिनीहरूले छिट्टै सबै दाग हटाउन प्रभुको बहुमूल्य रगत प्राप्त गरी प्रयोग गरेका छन्। तिनीहरूले पापलाई हृदयदेखि यति विरोध गर्दछन् र यस वस्त्रलाई निष्कलङ्क राख्नको लागि यति लगनशील हुन्छन् कि विरोधीले तिनीहरूलाई छुन पाउँदैन-"दुष्टले तिनीहरूलाई छुँदैन।" यी सबै कुराहरुले ख्रीष्टको इच्छामा उनीहरूको इच्छाहरुको पूर्ण समर्पणतालाई सङ्केत गर्दछ-तिनीहरू "उहाँसँग मरेका" छन्, र त्यसैले स्वेच्छाले पापको अभ्यास गर्न सक्दैनन्। Z. ९७-१६१ R २१६१:१

