जनवरी ८ को दैनिक आत्मिक मनन
0:00 / …
होशियार! कसैले कसैलाई खराबीको बदलामा खराबी नगरोस्, तर आपसमा, साथै सबै मानिसहरूसँग सधैं भलाइ गर! 1 थिस्सलोनिकी 5:15
धर्मशास्त्रीय मापदण्ड अनुसार, ख्रीष्टको चुनिएको मण्डली संसारका सबै मानिसहरूमध्ये सबैभन्दा शुद्ध, सबैभन्दा परिष्कृत, सबैभन्दा विनम्र, सबैभन्दा उदार, सबैभन्दा दयालु हुनुपर्दछ;-र यी सबै पूर्ण अर्थमा हुनुपर्दछ; यो संसारमा साझा रुपमा भेटिइने देखावटी दयालुता, नम्रता, आदि जस्तो मात्रै हुनु हुँदैन, तर हृदयबाट साथै प्रभुको आत्मा र सत्यको आत्मा, प्रेमको आत्मा, र न्यायको आत्माको कदरबाट पनि निस्कने नम्रता, दयालुता, जस्तो पनि हुनुपर्दछ। Z. ०१-२९७ R २८७९:३

