अप्रिल ९ को दैनिक आत्मिक मनन
दौड़मा दगुर्नेहरू सबैजना दगुर्छन्, तर पुरस्कारचाहिँ एकैजनाले पाउँछ, के यो तिमीहरूलाई थाहा छैन? तिमीहरू यसरी नै दगुर कि पुरस्कार पाओ। 1 कोरिन्थी 9:24
विजय प्राप्त गर्न हामीले परमेश्वरको हतियार धारण गरेर मात्रै हुँदैन, तर हामी संघर्षमा वीर बन्नुपर्दछ, अनि आँखा र शरीरको अभिलाषा, जीवनको अहंकार अनि धार्मिकता र शुद्धताका सबै शत्रुहरू विरुद्ध आक्रामक लडाई लड्नुपर्दछ। प्रेम- प्रभुको लागि प्रेम, सत्यता र धार्मिकताको लागि प्रेमले हामीलाई उत्प्रेरित गर्नुपर्दछ, अन्यथा हामी कहिल्यै विजयी हुनेछैनौं। प्रेमले मात्र हामीलाई मृत्युसम्मै विश्वासयोग्य राख्नेछ, र ज्योतिमा पवित्र जनहरूको पैतृक सम्पत्तिको भागीदार हुन योग्य बनाउनेछ। जहाँ उत्कट प्रेमले हृदयमा शासन गर्दछ यसले त्यो हृदय पूर्ण रूपमा प्रभुमा समर्पित छ भन्ने बुझाउँदछ र यसको अर्थ यो हो कि लडाईको दशौ भागको नवौ भाग पहिले नै जितिइसकिएको छ। तर पनि, प्रेरितले भनेझैं (यहूदा २१), हामीले आफूलाई जागा राखेर प्रार्थना र जोशमा परमेश्वरको प्रेममा राख्नुपर्दछ; र जहाँ प्रेम प्रशस्त हुन्छ, त्यहाँ अनुग्रह पनि प्रशस्त हुनेछ। Z. ९५-९३ R १७९९:४

