अप्रिल १४ को दैनिक आत्मिक मनन
उसले आफ्नो प्राण मृत्युमा पोखिदिएको छ; अनि ऊ अपराधीहरूसँग गनियो। यशैया 53:12
जसरी मालिकको पाइलाहरु पछ्याउने प्रत्येक व्यक्तिसँग गेत्समनीको केही अनुभवहरू हुन आवश्यक हुँदछ, त्यसरी नै प्रत्येकले मालिकको सबै अनुभवहरूको कम्तीमा स्वाद लिनु नै पर्दछ। त्यसोभए, "भाईहरू", "बालकहरू", ख्रीष्टको शरीरका सदस्यहरूको सेवा गर्ने अवसरहरू खोज्नका लागि हाम्रो वरिपरि हेर्न नबिर्सौं। प्रत्येकले थुमाका सबै चेलाहरुमाथि पर्ने निन्दाहरु उपर झन्-झन् थप्ने होइन, तर यसको विपरित, सहानुभूतिको वचनहरू प्रस्तुत गर्न र एक-अर्काको क्रूसहरु, कठिनाईहरु र परीक्षाहरू सहन मद्दत गर्ने कुरामा होसियार रहोस्। यसरी हामी हाम्रा प्रभु र शिरलाई कलबरीको बाटोमा उहाँको क्रूस बोक्न मद्दत गर्ने अवसरको कदर कसरी गर्ने थियौं भनेर राम्रोसँग देखाउन सक्दछौं। Z. ९९-१२५ R २४७३:३

