अप्रिल २१ को दैनिक आत्मिक मनन
हाम्रा महापूजाहारी हाम्रा दुर्बलताहरूमा दुःखित हुन नसक्ने हुनुहुन्न; तर हामी जस्तै उहाँ सबै कुराहरूमा परीक्षित हुनुभयो, तरै पनि पापरहित हुनुहुन्छ। यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आऔं, कि हामी दया पाऔं र खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौं। हिब्रू 4:15, 16
परीक्षाको क्षणमा हृदय आफैंले विश्वासको पूर्ण आश्वासनमा, उहाँको प्रेम, उहाँको बुद्धि र हामीलाई मद्दत गर्न सक्ने उहाँको क्षमता, र उहाँलाई प्रेम गर्नेहरूका निम्ति सबै कुराहरू मिलेर भलाइ नै उत्पन्न गर्ने उहाँको तदारुकतालाई पहिचान गर्दै महान् मालिकतर्फ उचाल्नुपर्दछ। खाँचोको त्यस्तो समयमा सहायता माग्नुले निश्चित रूपमा हामीलाई धार्मिकता, सत्यता, शुद्धता र प्रेमको लागि प्रभुको सल्लाह, सहायता र बल प्राप्त हुनेछ; र यसरी हामी हरबखत, दैनिक र अन्तत विजयीहरु हुनुपर्दछ। Z. ९८-२३ R २२४९:५

