अप्रिल २६ को दैनिक आत्मिक मनन
जसले उहाँको विश्राममा प्रवेश गरेको छ, परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभएझैं उसले पनि आफ्ना कामहरूबाट विश्राम लिएको छ। हिब्रू 4:10
सात दिनमध्ये एक दिन मात्र प्रेमको व्यवस्थाले माग गर्नुको सट्टा यसले वास्तवमै हाम्रो सम्पूर्ण समयलाई नै नियन्त्रण र नियमन गर्दछ; हप्ताको सातै दिन हामीले परमप्रभु हाम्रा परमेश्वरलाई हाम्रो सम्पूर्ण हृदय, मस्तिष्क, प्राण र शक्तिले प्रेम गर्नुपर्दछ; र हप्ताको सातै दिन हामीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्दछ; अनि हप्ताको सातै दिन हामीले विश्राम पनि लिनुपर्दछ—हाम्रो आफ्नै कामहरूबाट विश्राम—ख्रीष्टले सम्पन्न गर्नुभएको उहाँको कार्यमाथि विश्वासद्वारा विश्राम—परमेश्वरको प्रेममा विश्राम—समझलाई माथ गर्ने परमेश्वरको शान्तिमा विश्राम, जेले हाम्रो हृदयहरुमा निरन्तर शासन गर्दछ। Z. ०२-२०५ R ३०३९:१

