अप्रिल ११ को दैनिक आत्मिक मनन
0:00 / …
हामी..मोजमज्जा र मतवालापनमा नहिँड़ौं। रोमी 13:13
कसैलाई पैसा, धनको नशा हुन्छ; कसैलाई व्यापारको नशा हुन्छ; कसैलाई पहिरनको; कसैलाई सङ्गीतको; त कसैलाई कलाको नशा हुन्छ; तर प्रभुका जनहरुको रूपमा, जसले नयाँ दिनको र त्यस दिनमा पूरा हुने परमेश्वरको महान् कामको झलक पाएका छन्, उनीहरुको हृदयहरू परमेश्वरको काममा यति तल्लीन हुनुपर्दछ कि अरू सांसारिक मानिसहरूले, हामी जस्तै जागा नबसेका हुनाले र भविष्यलाई हामीले जस्तो नदेखेका हुनाले, यिनीहरुले पर्याप्त रुपमा उचित र सही ठान्ने मामिलाहरू अब हाम्रो धारणा र मार्गबाट टाढा राख्नुपर्दछ। Z. ०३-१२३ R ३१८१:४

