सेप्टेम्बर ४ को दैनिक आत्मिक मनन
प्रेममा डर हुँदैन; तर सिद्ध प्रेमले डर निकालिदिन्छ, किनभने डरमा पीड़ा हुन्छ। 1 यूहन्ना 4:18
डरको प्रभाव साँच्चै शक्तिशाली, प्रभावशाली र डरलाग्दो हुन्छ, ती व्यक्तिहरूमा बाहेक जसले पहिलेका अनुभवहरूद्वारा प्रभुलाई चिन्न सिकेका छन्, र उहाँलाई भेट्टाउन नसक्ने ठाउँमा पनि उहाँमाथि भरोसा गर्न सिकेका छन्। डर र हताशको विशाल रूपलाई "यो लेखिएको छ" भन्ने खोलाको सानो ढुङ्गाले हिर्काउनुपर्दछ। विश्वासको घुयेँत्रोले प्रतिज्ञाको वचनलाई यस्तो बलका साथ अघि फाल्नुपर्दछ कि यसले शत्रुलाई मार्न र हामीलाई उसको प्रभुत्वबाट छुटकारा दिन सकोस्।....यसरी परमेश्वरको वचनलाई मात्र हातहतियार स्वरूप भिरेर, अनि उहाँको लाठो र लौरामा भरोसा गर्दै, हामी साहसी हुन सक्दछौं र दाऊदले पलिस्तीलाई जवाफ दिएझैं अघि बढ्दै गरेको साम्प्रदायिकतालाई यसरी जवाफ दिन सक्दछौं, "तँ मकहाँ तरवार, भाला र बर्छी लिएर आउँछस्; तर मचाहिँ तँकहाँ सेनाहरूका परमप्रभु, इस्राएलका सेनाहरूका परमेश्वरको नाममा आउँछु, जसलाई तैंले ललकारेको छस्।" Z. ०३-३२९ R ३२३१:१

