सेप्टेम्बर २३ को दैनिक आत्मिक मनन
पवित्र जनहरूलाई एकैचोटि सदाका निम्ति सुम्पिएको विश्वासका निम्ति तिमीहरूले यत्नपूर्वक संघर्ष गर्नुपर्छ। यहूदा 1:3
विश्वासको हाम्रो असल लडाइँमा परमेश्वरको वचनप्रति हाम्रो प्रतिरक्षा धेरै हदसम्म समावेश छ, जेमा परमेश्वरको चरित्रप्रति हाम्रो प्रतिरक्षा पनि समावेश छ। यसको अर्थ हामी कुनै पनि मुल्यमा र जतिधेरै आक्रमणकारीहरूको विरुद्धमा पनि सत्यताको पक्षमा खडा हुने ईच्छुकपन हो—मानिसहरूका पंथहरु र सिद्धान्तहरूको विरुद्धमा, जेले प्रभु र प्रेरितहरूले घोषणा गर्नुभएको ठूलो आनन्दको सु-समाचारलाई गलत तरिकाले प्रस्तुत गर्दछ, र परमेश्वरलाई धन्यवाद भएको होस्, तैपनि यो सबै मानिसहरूका लागि हुनेछ। प्रेरितले फेरि यसो भन्दछन्, "म सत्यताको प्रतिरक्षाका निम्ति नियुक्त गरिएको हुँ।" सत्यताको प्रतिरक्षा गर्नुबाहेक हामी केही गर्न सक्दैनौं। सत्यता परमेश्वरको प्रतिनिधि, ख्रीष्टको प्रतिनिधि हो, र त्यसैले यो हाम्रो मापदण्ड हो, र साँचो सिपाहीको रूपमा हामीले मृत्युसम्मै आफ्नो मापदण्डको रक्षा गर्नुपर्दछ। Z. ०३-४२३ R ३२७४:३

