सेप्टेम्बर १९ को दैनिक आत्मिक मनन
0:00 / …
तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईंको वचन सत्य हो। यूहन्ना 17:17
हाम्रो प्रभुले सधैं हाम्रो आत्मिक जीवनको प्रगति र विकासलाई, सत्यता ग्रहण गर्ने र त्यसलाई पालन गर्ने कुरासँग जोड्नुहुन्छ, र परमेश्वरका प्रत्येक सन्तानले वचनभन्दा अगाडी भएको दाबी गर्ने कुनै पनि शिक्षाबाट, अनि ख्रीष्ट वा पवित्र आत्माले त्यस्ता उन्नत ख्रीष्टियानहरूसँग वचन बेगर स्वतन्त्र रूपमा बोल्नुहुन्छ भन्ने कुराबाट सावधान रहनुपर्दछ। यसले आत्मिक घमण्डपन र शेखीबाजको विकास गर्दछ अनि पवित्र धर्मशास्त्रहरुका चेतावनीहरू र व्याख्याहरूलाई शक्तिहीन बनाउँदछ किनभने भ्रमित व्यक्तिहरूले आफूभित्र एउटा उच्च शिक्षक बास गरिरहेको ठान्दछन्। र शैतानले, यस्तो भ्रमको फाइदा उठाउँदै, तिनीहरूलाई आफ्नो ईच्छामा बन्धक बनाउँदछ। Z. ०३-३७७ R ३२५१:५

