सेप्टेम्बर १० को दैनिक आत्मिक मनन
तिमीहरूको मुखबाट कुनै कुवचन ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ, त्यही कुरा मात्र निस्कोस्, र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस्। एफिसी 4:29
पतित स्वाद (रुचि) ले आफूलाई विवेकको पछाडी लुकाई राख्दछ, र सत्य बोल्नु सधैं सही हो भनेर घोषणा गर्दछ, र यसैले परमेश्वरले सत्य बोल्नु निन्दा हुनेछ भन्ने अर्थ राख्न सक्नुहुन्न; तर दुष्ट बोली र निन्दालाई, शरीर र शैतानको कामहरुको रूपमा निन्दा गर्दा, उहाँले झूटो, असत्य कुरा बोल्नु पनि भनेको हुनुपर्दछ। यो एउटा ठूलो गल्ती हो: निन्दा गर्नु त्यत्तिकै निन्दा हो, चाहे त्यो सत्य होस् वा झूटो, र त्यसैले परमेश्वरको व्यवस्थामा मात्र होइन, तर सभ्य मानिसहरूको व्यवस्थाहरुमा पनि यसलाई यसरी नै मान्ने गरिन्छ। निन्दा भनेको त्यस्तो कुनै पनि कुरा हो जुन साँचो होस् वा झूटो, अरूलाई चोट पुर्याउने उद्देश्यले बोलिन्छ, र मानिसहरूको व्यवस्थाहरू परमेश्वरको व्यवस्थासँग अरूलाई त्यस्तो चोट पुर्याउनु गलत हो भनी सहमत छन्। Z. ९९-७० R २४४४:३

