सेप्टेम्बर २२ को दैनिक आत्मिक मनन
निश्चय मेरो जीवनभरि नै भलाई र करुणाले मलाई पछ्याउनेछन्; अनि म परमप्रभुको भवनमा सदा-सर्वदै वास गर्नेछु। भजनसंग्रह 23:6
यति बेला भलाई र करुणा जुन हामी पर्दाभन्दा पछाडी आउने आशा गर्दछौं, त्यसको शुरुवात पहिले देखि नै यही नै भइसकेको छ र यसरी नै यसको कदर गर्नुपर्दछ। जसले वर्तमान समयमा प्रभुको आनन्दको बारेमा केही पनि जान्दैन, सहस्राब्दी युगको समयमा राज्यको प्रशासन अन्तर्गत उसले जतिसुकै आशिषहरु र आनन्दहरु प्राप्त गरेता पनि राज्यमा प्रभुको आनन्दहरुको लागि स्पष्ट रुपमा तयार हुनेछैन। तब प्रभुका विश्वासयोग्य जनहरूलाई आनन्द र खुशी प्रदान गरिनेछ, जुन तिनीहरूले प्रभुलाई पहिले ग्रहण गर्दा र उहाँमा आफूलाई समर्पण गर्ने क्षणिक मामिलासँग सम्बन्धित छैन। प्रभुको भलाई र करुणालाई टाढाको विगतको कुराको रूपमा फर्केर हेर्नु हुँदैन, तर वर्तमानको कुराको रूपमा पहिचान र कदर गर्नुपर्दछ। दिनानुदिन परमेश्वरको भलाई र करुणाले हामीलाई पछ्याउँदछ, हामीलाई स्फूर्ति दिँदछ, हामीलाई बलियो बनाउँदछ, हामीलाई आशिष दिँदछ। Z. ०३-४१३ R ३२७०:५

