सेप्टेम्बर २९ को दैनिक आत्मिक मनन
जसको हृदयमा घमण्ड छ, त्यस्तो हरेक व्यक्ति परमप्रभुका निम्ति घृणित हो। हितोपदेश 16:5
नयाँ सृष्टिको कठोर परीक्षाहरु मध्येको एउटा भनेको घमण्डको नेतृत्वमा सांसारिकताको आत्माको प्रेममाथि विजय प्राप्त गर्नु हो। सांसारिक घमण्डले परमेश्वरमाथिको विश्वास र उहाँप्रतिको आज्ञाकारितालाई चुनौती दिन्छ, अनि असल साहसी र प्रभुमा विश्वासले भरपूर भएकाहरूले मात्र यस शत्रुलाई परास्त गर्न सक्दछन्। यो पनि आवश्यक छ कि विजय पूर्ण होस्—त्यो घमण्डलाई पूर्ण रुपमा अपमानित गर्नुपर्दछ, मार्नुपर्दछ, ताकि त्यो हामीलाई विनाश गर्न फेरि कहिल्यै उठ्न नपाओस्। यो एक व्यक्तिगत लडाइँ हो, र यस शत्रुको विरूद्ध एकमात्र उचित हतियार भनेको खोलाबाट निकालिने ढुङ्गा हो, प्रभुको सन्देश, जेले हामीलाई उहाँको दृष्टिमा के मनपर्दो र ग्रहणयोग्य छ भनेर देखाउँदछ, अनि जेले हामीलाई आश्वासन दिन्छ कि जसले आफूलाई नम्र बनाउँदछ ऊ उच्च पारिनेछ र जसले आफूलाई उच्च पार्दछ उसलाई होच्याइनेछ। जसै कविले यसरी व्यक्त गरेका छन्:— "जहाँ घमण्डको अन्त्य हुन्छ, त्यहाँ साँचो गरिमा शुरु हुन्छ।" Z. ०३-३२९ R ३२३१:१

