सेप्टेम्बर १८ को दैनिक आत्मिक मनन
मेरो उपस्थिति तिम्रो साथमा जानेछ; अनि म तिमीलाई विश्राम दिनेछु। प्रस्थान 33:14
प्रभु आफ्ना जनहरूसँग सदा-सर्वदा उपस्थित हुनुहुन्छ। उहाँले सधैं हाम्रो बारेमा सोचिरहनुभएको छ, हाम्रो मामिलाहरुको हेरचाह गरिरहनुभएको छ, खतरामा हाम्रो रक्षा गरिरहनुभएको छ, सांसारिक र आत्मिक कुराहरूमा हाम्रो हेरचाह गरिरहनुभएको छ, हाम्रो हृदयहरु पढिरहनुभएको छ, उहाँप्रति प्रेममय भक्तिको हरेक आवेगलाई चिन्ह लगाईरहनुभएको छ, हाम्रो अनुशासन र परिष्करणको लागि हाम्रो वरिपरिका प्रभावहरूलाई आकार दिईरहनुभएको छ, अनि उहाँबाटको सहायता वा सहानुभूति वा उहाँसँगको संगतिको लागि हाम्रो सबैभन्दा धीमा पुकारलाई सुनिरहनुभएको छ। उहाँ एक क्षणको लागि पनि हाम्रो हेरचाहबाट अलग हुनुहुन्न, चाहे हामी उहाँलाई व्यस्त मध्याह्नको समयमा पुकारौं वा रातको मौन घडीमा। यस्तो अटुट विश्वासयोग्यताको अनुभूति कति आशिषमय छ! अनि परमेश्वरको कुनै पनि साँचो सन्तान उहाँको ग्रहणको यो प्रमाणबाट वञ्चित छैन। Z. ०३-३७६ R ३२५१:४

