सेप्टेम्बर १६ को दैनिक आत्मिक मनन
परमप्रभुले आफ्ना जनहरूलाई बल दिनुहुनेछ; परमप्रभुले आफ्ना जनहरूलाई शान्तिको आशिष दिनुहुनेछ। भजनसंग्रह 29:11
यदि तपाईमाथि परीक्षाहरू र जाँचहरू आईपरेका छन् जुन तपाईले विजय प्राप्त गर्न सक्षम हुनुहुन्छ, र तीहरुले तपाईको चरित्रमा धीरज, अनुभव, दाजुभाईप्रतिको दया, सहानुभूति र प्रेम उमार्ने काम गरिरहेको छ भने, आनन्दित हुनुहोस् र धन्यवादको अनि ईश्वरीय कृपा र सहायताको स्वीकारोक्तिको प्रार्थना चढ़ाउनुहोस्। यदि तपाईहरु माथि आईपरेको परीक्षाहरू तपाईले सहन सक्नेभन्दा गह्रौं देखिन्छन् र तपाईलाई कुल्ची मिल्ची पार्ने सम्भावना छ भने, यो कुरा बोझ (भार) बोक्नुहुने महान् व्यक्तिकहाँ लैजानुहोस्, र तपाईलाई जे कुराहरुले भलाई गर्न सक्छ, त्यसलाई सहन, अनि तपाईलाई कुनै भलाई नगर्ने तर चोट पुऱ्याउने सबै कुराहरूबाट मुक्त हुन उहाँको सहायता माग्नुहोस्। Z. ९६-१६३ R २००६:२

