नोभेम्बर १४ को दैनिक आत्मिक मनन
यसकारण होशियार हुनुहोस्,…(किनकि) तपाईंहरूको बीचमा क्रूर ब्वाँसाहरू भित्र पस्नेछन्, जसले बगाललाई छोड़्नेछैनन्। तपाईंहरूकै बीचबाट पनि चेलाहरूलाई आफ्नो पछि खिँच्नलाई टेढ़ामेढ़ा कुरा गर्ने मानिसहरू उठ्नेछन्। प्रेरित 20:28-30
परमेश्वरको मण्डलीको अनुशासन, परीक्षा र अन्तिम पुष्टीकरणको लागि यो आवश्यक छ कि उनीहरू यी प्रतिकूल प्रभावहरूको अधीनमा आउनुपर्दछ; किनकि जसले तीहरूलाईजित्दछ उसलाई महान् ईनामको प्रतिज्ञा छ। यदि हामी ख्रीष्टसँग शासन गर्न चाहन्छौं भने, हामीले परमेश्वरप्रतिको वफादारिता, उहाँको वचनमा विश्वास, सत्यताको लागि जोश, मृत्युसम्मै, निन्दा र सतावटको धीरजी सहनशीलता, र उचित समयमा उहाँको मण्डलीलाई उद्धार गर्ने र उच्च पार्ने परमेश्वरको सामर्थ्य र उद्देश्यमा अटुट भरोसाको समान परीक्षाहरूद्वारा, शासन गर्न आफ्नो योग्यता प्रमाणित गर्नैपर्दछ। यस्ता विश्वासयोग्य जनहरूका लागि भजनसंग्रह ९१ को आशिषित सान्त्वनाहरू हुन्। Z. ०४-७४ R ३३३१:३

